घुस लिएको आरोपमा वन रक्षकमाथि विशेष अदालतमा मुद्दा

सेयर गर्नुहोस्
0Shares

मंसिर ९,रुपन्देही ।
रुपन्देहीको सव डिभिजन वन कार्यालयका एक वन रक्षकमाथि घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय रुपन्देहीको मुर्गियाका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २४ घण्टामा, २ हजार ७९१ जनाले कोरोना जिते
अगिल्लो पोस्ट रेसुङ्गा नगरपालिकामा दुई दिन बैंकहरु बन्द