बैतडीमा जीप दुर्घटना, ५ जनाको ज्यान गयो

सेयर गर्नुहोस्
107Shares

मंसिर ९, बैतडी ।
बैतडीमा मङ्गलबार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दिउँसो दुर्घटना भएको हो ।
जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका ५ की ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।
जीपका चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा ज्यान गुमाएका सबै भारतबाट पेन्सन बुझेर आउँदै गरेका रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कक्षा १२ को पहिलो दिनको परीक्षा सकियो ,कोरोना सुरक्षा पूर्ण पालना
अगिल्लो पोस्ट २४ घण्टामा, २ हजार ७९१ जनाले कोरोना जिते