तल्ला कमिटीलाई ओलीले फिर्ता लिनुपर्छ भनेका प्रस्ताव बाँड्दै प्रचण्ड-नेपाल

सेयर गर्नुहोस्
215Shares

मंसिर ९, ई–साझाकुरा

नेकपा अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा पेश भएका प्रस्ताव तल्ला कमिटीमा पठाउने भएका छन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रचण्डले एकतर्फी रूपमा पेस गरेको प्रतिवेदनलाई प्रधानमन्त्री ओली पक्षधर नेताहरुले आरोप पत्र भनेका छन्। उनीहरूले प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडानसमेत लिएका छन्।

सचिवालयका बहुमत सदस्यको सहमतिमा प्रचण्डले पेश गरेको प्रस्तावालाई तल्ला कमिटीमा पठाउन सुरू गरिएको छ।

‘प्रचण्डले पेस गरेको प्रस्तावमात्रै होइन। सचिवालय बैठक माग गर्न लेखिएको पत्र, प्रधानमन्त्री ओलीको पत्र अनि प्रचण्डको जवाफी पत्र सबै कार्यकर्तालाई पठाउन सुरू गरिएको छ,’ प्रचण्ड-नेपाल निकट स्रोतले सेतोपाटीसँग भन्यो,’पार्टीमा भइरहेका सबै गतिविधि कार्यकर्ताले थाहा पाउनु पर्छ। त्यही भएर पठाउन लागिएको हो। यसका लागि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कुर्न पर्दैन।’

मिडियामै सार्वजनिक भइसकेका सामग्रीहरू कार्यकर्तामा पुग्नु नौलो नभएको प्रचण्ड-नेपाल पक्षका नेताहरूको तर्क छ।

नेकपा सचिवालय बैठक मंसिर १३ गते बस्दैछ। नेकपाले १८ गते स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट नेताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउन प्रचण्डलाई आग्रह गरेका छन्। प्रचण्डले भने अस्वीकार गरेका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बालिका हत्या प्रकरण : प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार, ३ जना घाइते
अगिल्लो पोस्ट कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु ४ जना घाइते