विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौंथो सम्मान

सेयर गर्नुहोस्
90Shares

मंसिर ९, ई–साझाकुरा

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा बिस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय दिने गरिन्छ । आइएमईलाई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्थाकाे रुपमा लिइन्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आजदेखि कक्षा १२ को परिक्षा सुरु, झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै
अगिल्लो पोस्ट बाटो बन्नेमा देशकै नमुना गाउँपालिकाको रुपमा छत्रदेव