बेटर ब्रिक नेपालले बाल श्रम शोषणको अन्त्यका लागि पत्रकार ग¥यो छलफल

सेयर गर्नुहोस्
2Shares

भगवति न्यौपाने, मंसिर ८

बेटर  ब्रिक नेपालको उत्तरदायी उत्पादन र उपभोग विषयक संचार प्रतिनिधिसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।  धेरै जसो इट्टा भट्टाका उद्योगमा बाल श्रम शोषण अन्त्यका लागी बर्षौ देखि काम गर्दै आएको बेटर ब्रिक नेपालले कपिलवस्तु जिल्लाभित्रका क्रियाशिल पत्रकारहरुसगँ आज वाणगंगा ८ को कार्यालयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश स्थित रुपन्देही र कपिलवस्तु जिल्लाका बिभिन्न १४ वटा इट्टा भट्टाका उद्योगमा कार्यरत मजुदरका बालबालिकालाई शिक्षा प्रदान गर्ने काम भई रहेको कार्यक्रम संयोजक दुर्गा अर्यालले बताएका छन् ।  इट्टा उद्योगलाई श्रममैत्री बनाउनको लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अव्यवस्थित उद्योगलाइ्र्र व्यवस्थित बनाउन पहल गर्ने बताइएको छ । गतवर्ष मात्रै १ सय ४४ जना बालबालिकालाई विद्यालय पहुँचमा पुर्याउन कपी कलम झोला पोसाक लगायतका सामग्रीको समेत व्यवस्था गर्दै आएको छ । उद्योगमा काम गर्ने श्रमिकहरुको शिक्षा, स्वास्थ्य लगायतका पक्षहरुलाई ख्याल गर्दै औद्योगीक व्यावस्थापन गर्दै आएको छ ।
नेपालका इट्टा उद्योगहरुबाट बाल, बधुवा, बाद्यकारी श्रमको उन्मूलन गरी समग्र कामदार र काम गर्ने स्थानको सुधारका साथै उनीहरुको जीवनशैलीमा रुपान्तरण गर्न उद्योगमा कामदारहरुको रोजगार तथा उनीहरुको काम गर्ने स्थानको उचित सुधारका लागि उद्योगीहरुलाई प्रेरित गर्दै विभिन्न तालिम तथा कार्यशालाका माध्यमबाट शसक्तिकरण गर्नु र इट्टा उत्पादनमा सामाजिक तथा वातावरणीय चुनौतिका विषयमा सरकारी एवम् नीतिगत क्षेत्रका सबैखाले सरोकारवालाहरुलाई सुसुचित गर्दै व्यवस्थित तथा उत्तरदायी उत्पादनका पक्षमा बजार विस्तार गर्नका लागि बेटर ब्रीट नेपालले विभिन्न कार्य कार्यान्वयनमा ल्याउने कार्यक्रम संयोजक अर्यालले बताउनुभयो । अहिले पनि बिभिन्न उद्योगका ८९५ जना बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन भइ रहेको बेटर ब्रिक नेपालका सहजकर्ता दिबास घिमिरेले बताएका छन् । कार्यक्रममा जिल्ला भित्र पत्रकारहरुको सहभागिता रहेको थियो । बाणगंगा नगरपालिकाको वडा नः ८ मा भएको सहजकर्ता कमल चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सुत्केरी महिलाहरुलाई पोषिलो समाग्री वितरण
अगिल्लो पोस्ट फेसबुक म्यासेन्जरमा देखियो समस्या, कुराकानी अरुले सुन्न सक्ने