प्याराग्लाइडिङ दुर्घटना, पाइलटकाे ज्यान गयाे

सेयर गर्नुहोस्
69Shares

मंसिर ८, ई–साझाकुरा

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । दुर्घटनामा यात्रु घाइते भएका छन् ।

प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ काे कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बन्द गर्न निर्देशन दिइयो दाङका क्रसर उद्योग, मापदण्ड विपरीत कपिलवस्तुमा पनि क्रसर सञ्चालन
अगिल्लो पोस्ट २ लाख नाघ्यो कोरोना संक्रमणमुक्त हुनेको संख्या