राष्ट्रीय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन सम्पन्

सेयर गर्नुहोस्
116Shares

सागर पौडेल ,कपिलवस्तु                        कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन गत शनिवार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको छ।उक्त अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ।

करिब एक सयभन्दा बढि कलाकार एवं संगितप्रेमी उपस्थित भई सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संस्थाका केन्द्रीय महासचिब बिक्रमजंग साह , विशेष अतिथीको रुपमा संस्थाका केन्द्रीय सदस्य सन्तोष अधिकारी, अतिथीको रुपमा केन्द्रीय सदस्य रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायत हुनुहुन्थ्यो।कार्यक्रमको अध्यक्षता संस्थाका गण्डकी प्रदेश अध्यक्ष यज्ञ सापकोटाको विशेष कारणबस अनुपस्थितीका कारण बरिष्ठ उपाध्यक्ष टंक डुम्रेले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिब कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो।उद्घाटन सत्र र बन्द सत्र गरि दुइ पाटोमा बिभाजन गराई सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी बिक्रमजंग साहले कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनुभयो।त्यस्तै विशेष अतिथी केन्द्रीय सदस्य सन्तोष अधिकारीले आफ्नो धारणा राख्दै राष्ट्रीय संगितकर्मी संघ मात्रै कलाकारहरुको हक हितका लागि लड्न सक्ने एक मात्र संस्था भएकोले सम्पुर्ण कलाकारहरुलाई आवद्द हुन आग्रह गर्नुभयो।
छोटो समयमै उद्घाटन सत्र सकाएर बन्द सत्रमा प्रवेश गरेको उक्त अधिवेशनबाट ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ।जसमा अध्यक्ष कृष्ण प्रसाद गौतम, बरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करण तामाङ, द्वित्तीय उपाध्यक्ष अनिता पन्त , महिला उपाध्यक्ष लक्ष्मी नेपाली , महासचिब शंखर ढकाल , सचिब अर्जुन सापकोटा, बालकृष्ण शर्मा , महिला सचिब पवित्रा काफ्ले, कोषाध्यक्ष मिठु झा , सह कोषाध्यक्ष प्रतिमा भट्टराई , गंगा पौडेल , शुरेस भुर्तेल, सदस्यहरु गोविन्द प्रसाद अधिकारी, खिमलाल देवकोटा, गम बहादुर न्यौपाने, अ्म्बिका भण्डारी , कल्पना सिग्देल , किरण शर्मा, संगम शर्मा , प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, बिरु बस्याल , सुजिता राना , डीबी मजाकोटी, लिला पौडेल , समिक्षा घर्ती र पुर्ण वाग्ले इतिहास रहनुभएको छ। निर्वाचित भइसकेपछि छोटो मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद गौतमले प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरु, प्रतिनिधि एवं निर्वाचन मन्डलका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ढुक्क भएर १२ को परीक्षा दिनुहोस् : शिक्षामन्त्री पोख्रेल
अगिल्लो पोस्ट मोटरसाईकल दुर्घटना , रुपन्देहीमा २ युवकको मृत्यु