मंसिर ८, ई–साझाकुरा
नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता मागेको छ।यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पुन: दरखास्त आह्वान गरिएको छ।
मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ। ‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारमका साथ पुन: दरखास्तको आह्वान गरिएको छ,’ प्रतिष्ठानले आज निकालेको सूचनामा भनिएको छ।
यस्तै विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाहमा एकेक जना सहअनुसन्धानकर्ता गरी कूल ८ पदमा दरखास्त आह्वान भएको छ।
न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण र वाञ्छनीय शैक्षिक योग्यतामा विद्यावारिधि उपाधि प्राप्त भनिएको छ।
परीक्षा दिन एक हजार शुल्क लाग्नेछ।
दरखास्त administration@pri.gov.np मा पठाउन सकिने प्रतिष्ठानले जनाएको छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।