प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई हरायो

सेयर गर्नुहोस्
0Shares

मंसिर ८, ई–साझाकुरा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३-० गोलले हराएको छ । आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १-० र एभर्टनले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना विरुद्धको रुसी भ्याक्सिनको मुल्य अर्को हप्ता सार्वजनिक हुने
अगिल्लो पोस्ट रत्नपार्कको नाम परिवर्तन गर्नु गलत छ : कमल थपा