बलात्कारविरुद्धको कानुन कडा पार्ने अध्यादेश पारित

फाईल फोटो

मंसिर ७ काठमाडौँ ।
सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ । अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । बलात्कारसम्बन्धी कानुनलाई थप कडाइ गर्न कानुन मन्त्रालयले अध्यादेश तयार पारेको हो । महिला अधिकारकर्मीले बलात्कारका घटना लगातार बढिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै केही समययता दबाब दिइरहेका छन् ।

प्रतिक्रिया