बम ठानेर सेना डिस्पोज गर्न जाँदा ढुंगा भेटियो

सेयर गर्नुहोस्
21Shares

चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाअनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको छ।

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो। साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले बताए।

उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ
अगिल्लो पोस्ट थप १ हजार ६६९ जनामा कोरोना सङ्क्रमण