सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ

सेयर गर्नुहोस्
298Shares

मंसिर ७, ई–साझाकुरा

मोरङ प्रहरीले उर्लाबारीबाट प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह)का एकजना सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधिमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद गरेको छ ।

एसपी खड्काला विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ । उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको खुलेको छ ।

पक्राउ परेका व्यक्ति विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको एसपी खड्काले जानकारी दिनुभयो । शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी रहेको एसपी खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तोलामा ३ सय बढ्यो सुन
अगिल्लो पोस्ट बम ठानेर सेना डिस्पोज गर्न जाँदा ढुंगा भेटियो