ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट

सांकेतिक तस्बिर ।
सांकेतिक तस्बिर ।
सेयर गर्नुहोस्
2Shares

मंसिर ७, ई-साझाकुरा

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ ।

राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै घटनास्थल नजिकै एउटा बम पनि फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तनहुँमा ७२ जुवाडे पक्राउ
अगिल्लो पोस्ट तोलामा ३ सय बढ्यो सुन