बिजयले मनाए बालगृहका बालबालिकासँग जन्मदिन

सेयर गर्नुहोस्
275Shares
मङ्सिर ६  कपिलवस्तु
कपिलवस्तु वाणगंगा ७, बनगाइका विजय बेल्बासेले आफ्नो जन्मदिनको अवसर पारेर कपिलवस्तु बाल मन्दिरका २९ जना बालबालिकाहरुलाई खेलकुद सामग्री र सामान्य ज्ञान को पुस्तक वितरण गरेका छन् । विजय भन्छन् ” जन्मदिनको दिन साथीहरूसँग रमाइलो गर्ने पैसाले खेलकुद सामग्री हस्तान्तरण गर्दा आश्रमका बालबालिकामा खेलकुद प्रति रुचि बढोस् र भविष्यमा देशको नाम रोशन गरून् भन्ने आशा छ । यस्तै बानी सबै जनामा बस्यो भने अवस्य पनि ती बालबालिका ले भविष्यमा खेलकुदमा एउटा छुट्टै पहिचान गराउने छन्।”
जन्मदिन मनाउने धेरै विधि र तरिका हुँदा पनि बिजयले अभिभावक बिहिन बालबालिकाहरु सँग जन्मदिन मनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा कपिलवस्तु बाल संघठनका अध्यक्ष गोपालमणी ज्ञवाली, विशिष्ठ अतिथिको रूपमा सोही संस्थाका सञ्चालक राम प्रसाद अर्याल रहेका थिए भने कार्यक्रममा मधुसुदन भुसाल, अर्पण न्यौपाने, दिवस चौधरीको विशेष उपस्थिति रहेको थियो । उनले सबैलाई जन्मदिनमा बिना काम खर्च गर्नु भन्दा सबैलाई यसै गरि सामाजिक काममा आफ्नो हात अगाडि बढाउन आग्रह गरेको कुरा मधुसुदन भुषालले जानकारी दिए।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट शिक्षकमा कोरोना देखिए पछि बन्द भए गोरखाका विद्यालय
अगिल्लो पोस्ट लुम्बिनी प्रदेशबाट समाजवादी अभियान नेपालको घोषणाको संकेत