अर्घाखाँचीमा अहिले सम्म ५६४ जनाले कोरोना जिते

सेयर गर्नुहोस्
2Shares

मसिर ६ अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आज सम्म ५६४ जनाले कोरोना जितेर घर गएका छन् ।
सन्धिखर्क नगरपालिकाबाट २२० जना, शितगंगामा ९८, भूमिकास्थानमा १२४, मालारानीमा ७५, पाणिनीबाट १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै सन्धिखर्कमा शनिबार ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ६२८ जना पुगेको छ । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ५५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बालिका बलात्कार अभियोगमा दुई जना पक्राउ
अगिल्लो पोस्ट शिक्षकमा कोरोना देखिए पछि बन्द भए गोरखाका विद्यालय