मंसिर ६ कपिलवस्तु
कपिलवस्तुमा कोभिड १९ का थप २८ संक्रमितहरु एकैपटक थपिएका छन् । केही साता यता संक्रमण दर सामान्य स्थितिमा रहेता पनि एकैपटक जिल्लाका विभिन्न स्थानिय तहमा २८ जना थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।
आज थपिएका मध्ये सबैभन्दा बढी जिल्लाको शिवराज नगरपालिकामा २२ जना रहेका छन् । त्यस्तै बुद्धभुमि नगरपालिकामा ३ जना वाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा एक एक जना नयाँ संक्रमितहरु भेटिएको घिमिरेले जानकारी दिनुभयो ।
आज थपिएका सँगै कपिलवस्तुमा कोराना संक्रमण हुने कुल संख्या १ हजार ८ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका सक्रिय संक्रमितहरुको संख्या ९४ रहेको छ । अहिले सम्म कपिलवस्तुका कोरोना संक्रमित १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तो छ कपिलवस्तुको कोरोना तथ्याङ्कमा :

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।