सितगंगामा नेविसंले थाल्यो समिति विस्तार, सरस्वती उमाविको सभापतिमा दर्नाल चयन

मंसिर ६ अर्घाखाँची
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ अर्घाखाँची अहिले संघको समिति विस्तारमा सक्रिय बनेको छ ।  जिल्लाको सितगंगा स्थित सरस्वती उच्च माविमा नेवि संघ ईकाई समिति गठन गरिएको नेविसंघ नगर सभापति बसन्त पौडेलले जानकारी दिनुभएको छ । समितिको सभापतिमा निरज दर्नाल चयन भएका छन् भने दर्नालको सभापतित्वमा गठित समिति १६ सदस्यीय बनाइएको नेविसंघले जनाएको छ ।
कार्यक्रममा नेवि संघ नगर सभापति बसन्त पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमा नेविसंघ जिल्ला कार्यसमिति सदस्य डिआर सिंह वेल्वासे, नेविसंघ माहाधिवेशन प्रतिनिधि प्रदिप घर्तिमगर, साविक सिमलपानी गाबिसका पार्टी सचिव तारापति बि.सी, विद्यार्थी नेता धर्मराज अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया