अस्ताउँदो सूर्यको उपासना गरि छठ मनाइदै

सेयर गर्नुहोस्
59Shares

मंसिर ५ कपिलवस्तु
कपिलवस्तु सहित देशभर आज अस्तँउदो सुर्यलाई अर्घ दिई सासंकृतिक एकताको पर्व छठ हर्षका साथ मनाईदै छ ।
यस वर्ष कोरोना भाईरस अर्थात कोभिड १९ का कारण गत वर्ष जस्तै उत्साह र रौनक नभएता पनि समाजिक दुरी कायम गर्दै छठको मुख्य दिन आज अस्ताउदोे सूर्यलाई अर्घ दिइएको छ । विगतको वर्षहरुमा भिडभाडका साथ मनाए पनि यस वर्ष स्वास्थ्य सुरक्षा र सर्तकता अपनाएर छठ पर्व मनाउन कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले अनुरोध गर्नु भएको छ । कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बहादुरगंज, पकडी लगायतको ठाँउमा नदि पोखरी ताल किनारामा छठको रौनक छाएको छ ।


जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगरको सुरैया नदी र तालहरुमा अस्तँउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो । अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठेकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवान्नका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवालगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजा गरिएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।


पछिल्लो समय कपिलवस्तु सहित देशभर छठ पर्व मनाउने र छठको वर्त बसी पुजाआराधना गर्नैहरुको संख्या बढ्दै गएको छ । तौलिहवामा पनि गत वर्ष भन्दा छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको छ । विशेष गरी नेपालका पुर्वी तराई जिल्लाबाट बसाईसराई गरी आएका तथा जागीरका क्रममा कपिलवस्तुमा रहेका महिलाहरुबाट शुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधी तथा पहाडी समुदायका परिवारका सदस्यहरुले समेत धुमधामका साथ मनाउने गरको छन् । जसका कारण छठ पर्व कुनै एक समुदायको मात्र नभई साझा पर्वको रुपमा विकास पनि हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।