सुर्य लाइफ इन्स्योरेन्स र साना किसानद्धारा मृत्युदावी रकम खत्री परिवारलाई हस्तान्तरण

सेयर गर्नुहोस्
54Shares

कपिलवस्तु मंसिर ५

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित साना किसान कृषि सहकारी संस्था र सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साझेदारीमा श्रद्धान्जली सभा सहित मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ ।
वाणगंगा ८ स्थित स्वर्गीय अर्जुन बहादु्र खत्रीको मृत्यु दाबी भुक्तानी स्वरुप खत्री परिवारलाई ईन्सोरेन्स कम्पनी र सहकारीले एक कार्यक्रमका बिच मृत्यु दाबी रकम स्वरुप २ लाख ७५ हजार रकम प्रदान गरेका छन् । स्वर्गिय खत्रीकी धर्मपत्नी मनरुपी न्यौपानेलाई साना किसान कृषि सहकारी संस्था मोतिपुर मार्फत मृत्यु दाबी भुक्तानी चेक कर्जा बापत रु २ लाख ५० हजार र क्रिया खर्च बापत २५ हजार रकम एक समारोहका बीच
राष्ट्रिय सभा सदस्य बिमला घिमिरे र सुर्य लाइफ इन्स्योरेन्सका सहायक प्रबन्धक किरण गौतमले हस्तान्तरण गरेका हुन् ।  श्रद्धाञ्जली सभमा साना किसान सहकारी मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटाले ईन्सोरेन्स कम्पनी सँग हालै गरिएको समझदारी अनुसार बिमा गरि ज्यान गुमाउने संस्थाका शेयर सदस्यको राहतको लागि संस्थाले यो योजना सुरु गरको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जीवन बिमा जनताको राहतको लागि गरिने हुँदा संथाका सबै साना किसानहरुले यस बारे जानकारी लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बरिस्ठ समाजसेवी कृष्ण पौडेल, साना किसान कृषि सहकारी संस्था मोतिपुरका प्रबन्धक शालिकराम पौडेल, पत्रकार लगाएतको उपस्थिति रहेको थियो सुर्य लाइफ इन्स्योरेन्स ४ नम्बरका एरिया इन्चार्ज श्याम प्रसाद सुबेदिको सह्जिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट शिक्षकले अब संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार पार्नैपर्ने
अगिल्लो पोस्ट अस्ताउँदो सूर्यको उपासना गरि छठ मनाइदै