शुक्रबार ५ हजार बढीले कोरोना जिते

सेयर गर्नुहोस्
127Shares

मंसिर ५, काठमाण्डौ ।
नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाघको छालासहित ४ जना पक्राउ : बुटवल
अगिल्लो पोस्ट बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु