मंसिर ५, ई–साझाकुरा
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटाले नेकपाका दोस्रो पुस्ताका नेताहरूको समयले परीक्षण मागेको बताएका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा शुक्रवार बिहान उनले यस्तो बताएका हुन् ।
उनले दोस्रो पुस्ताका नेताहरूले कुनै विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने की विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक तथा साङ्गठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने भन्दै प्रश्न सोधेका छन् ।
ट्वीटरमा उनले लेखेका छन्,’नेकपाको दोस्रो पुस्ता (शंकर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,बिष्णु) हरुले निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने ? अब समयले परिक्षण माग्यो।’
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।