सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने

सेयर गर्नुहोस्
0Shares

मंसीर,४ अर्घाखाँची संवाददाता

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने भएको छ ।

सन्धिखर्क नगरपालीका १ को मेनरोडमा रहेको नेशनल प्याथ ल्याबले सन्धिखर्क नगरपालीका र जिल्ला जनस्वाथ्य कार्यालय अर्घाखाँचीको अनुमतिमा यही मंसीर ५ गते भोली बाट प्रत्येक दिन बिहान १० बजे देखी दिउँसो ३ बजेसम्म सन्धिखर्कको टुडिखेलमा स्वाब संकलन गरीने नेशनल प्याथ ल्याब सन्धिखर्कका प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।

कोरोना परिक्षणकोलागी सरकारले निजी अस्पताल तथा प्रयोगशालाहरुलाई अनुमती दिएसंगै ल्याबले स्वाब दिएको २४ घण्टा भित्रै रिपोर्ट आउने गरि स्वाब संकलन सुरु गरेको पोख्रेलको भनाइ छ ।

नेपाल सरकारले निर्धारण गरेकै शुल्कमा पिसीआर परिक्षण हुने पनि पोख्रेलले जानकारी दिनुभयो । यसैबिच स्वाब संकलनसंगै कोरोना रिपोर्टकालागी हप्तौं सम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि विश्वास गरीएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट विप्लव समूह पाल्पाका जिल्ला इन्चार्ज शाही पक्राउ
अगिल्लो पोस्ट कपिलवस्तुमा युवतीको शव फेला, बलत्कार पछि हत्या गरेको परिवारको आरोप, प्रहरी भन्छ– अनुसन्धान हुँदैछ