विप्लव समूह पाल्पाका जिल्ला इन्चार्ज शाही पक्राउ

सेयर गर्नुहोस्
28Shares

मंसिर ४ पाल्पा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत रहनु भएको छ । पक्राउ परेका शाही र आलेको साथबाट केही शंकास्पद सामग्री पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भारतीय विदेश सचिव हर्षवर्द्धन नोभेम्बर २६ मा नेपाल आउने
अगिल्लो पोस्ट सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने