बिहीबार थपिए २ हजार ८ सय ५८ निको भए, १७ संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
9Shares

मंसिर ४, ई–साझाकुरा

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८ सय ५८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २८ हजार १ सय ६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ३३ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सडक छेवैमा फोहोर, व्याडमिण्टन कोट नै बन्यो डम्पिङ स्थल
अगिल्लो पोस्ट रोल्पामा जिपको ठक्करबाट एकको मृत्यु