सेयर कारोबारमा नयाँ रौनकता

सेयर गर्नुहोस्
23Shares

मंसिर ४ काठमाडौं ।
सेयर बजारले क्रमशः नयाँ उचाई लिंदै गएको छ । विशेष गरेर खरिदबिक्री रकम नयाँ मोडमा पुगेको हो । पछिल्ला दिनहरुमा नेप्से सूचकसँगै खरिदबिक्री रकममा व्यापक तेजी आइरहेको छ । बिमा, उत्पादनमूलक तथा व्यापारिक समूहहरुमा आकर्षक वृद्धि देखिएको छ । बजारले लामो वियरिस चक्र पार गरेपछि बल रन सुरु गरेको हो । वित्तीय प्रणालीमा सहज तरलता अनि सस्तो ब्याजदरले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

बिहीबार ९करिब १ः२० बजे० यो समाचार तयार पार्दासम्म ३ अर्ब ४० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि दोहोरो अंकले बढेको छ । बैंकिङबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । एक दर्जन कम्पनीमा भाउ बढेर सर्किट ब्रेकर लागेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट शौचालय भित्र कोरोना संक्रमितको मृत्यु
अगिल्लो पोस्ट दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु