वाइडबडीमा गर्यो अलमल, अख्तियार बन्यो सरकारको छाया,

सेयर गर्नुहोस्
458Shares

मंसिर ४, ई–साझाकुरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अलमलले वाइडबडी विमान खरिद अनियमितता छानबिन अलपत्र परेको छ । अनियमितताको अंक किटान गरी संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको दुई वर्ष पुग्दासमेत अख्तियारले तथ्यांक संकलन भइरहेको जनाएको छ ।

सार्वजनिक लेखा समितिको प्रश्नको जवाफमा अख्तियारले तथ्य संकलन र त्यसको परीक्षण गर्ने काम भइरहेको जवाफ लेखेको हो । प्रमुख दलका नेताहरूबीचको संरक्षण र मिलेमतोमा भएको खरिद अनियमिततामा अख्तियारसमेत मूकदर्शक बनेको आरोप लाग्दै आएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले गत असोज ८ गते अख्तियारलाई वाइडबडी र सेक्युरिटी प्रेस खरिद अनियमितताबारे अनुसन्धानको प्रगति विवरण पठाउन निर्देशन दिएको थियो । जवाफमा अख्तियारले लेखा समितिमा ‘अनुसन्धान भइरहेको’ जवाफ लेखेको हो ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सीमा खुलाउन सासंदहरु नै धर्नामा बसे
अगिल्लो पोस्ट ओप्पो जुट्दै छ प्राविधिक क्षमताको विस्तारमा