रेडियो वाणगंगाको निर्माणाधिन भवनमा चोरी

सेयर गर्नुहोस्
120Shares

मंसिर ३ , ई–साझाकुरा

कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको निर्माणाधिन भवनमा गयराती चोरी भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईमा निर्माण कार्य भईरहेको रेडियोको भवनबाट करिब ५० हजार बढी मुल्यका दुईवटा झ्याल चोरी भएको रेडियोका स्टेशन म्यानेजर गणेश पोख्रेलले बताउनुभयो ।

तिहारका बेला निर्माण कार्य स्थगित गरिएको समयको मौका छोपी चोरको गिरोहले ढोकाको चाँबी तोडेर भवन भित्र फिटिङका लागि राखिएका दुईवटा झ्याल चोरी गरेका हुन । यस अघि पनि सोही भवनमा जडान गरिएको पानी तान्ने मोटर समेत चोरी भएको स्टेशन म्यानेजर पोख्रेलले बताउनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराईएको उहाँले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट लुम्बिनी प्रदेशका तीन जिल्लामा कोरोनाका संक्रमित ५०० भन्दा बढी पुगे
अगिल्लो पोस्ट कोरोनाविरुद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसमा पनि परीक्षण