सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज पुनःसंचालन हुँदै

सेयर गर्नुहोस्
62Shares

मंसिर ३ कृष्णनगर
कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज आउँदो शनिवार देखि पुनः सञ्ंचालनमा आउने भएको छ ।
कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन लागको हो । कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको कलेजले बताएको थियो । अब कलेजमा कक्षा सञ्चालनको लागि नेपाल सरकारले जारी गरेको निर्देशिकाको पालन गर्दै पुनः कक्षा संचालनको तयारी गरिएको कालेजका प्रवक्ता मौलाना मसहूद खाँन नेपालीले जानकारी दिनुभयो ।
कोभिड–१९ को रोकथाम तथा सामना गर्नकालागि देशभरका विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र समाज र समुदाय हितमा अभूतपूर्ब स्थिति सिर्जना भएको छ । विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा “विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरु हुने सम्भावना रहेको पनि जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले बताउनुभयो । अब यी सबै कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पुनःकक्षा संचालन गर्नको लागि अनुमति दिएकाले सरकारको निर्देशनको पालन गर्दै कलेजले पुनः कक्षा सञ्चालन गर्न लागिरहेको उहाँले जानकारी दिनुभयो ।
आयशा सिद्दीका ग्रल्स कालेजका उपाध्यक्ष डां. मन्जुर अहमद खांका अनुसार शिक्षा मन्त्रालयले प्रस्तुत गरेको कक्षा सञ्चालनका सात विकल्पहरु अनुसार सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग–अलग समयमा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घण्टी छोट्याउने, जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले शुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने गरी कक्षा संचालनको तयारी गरिएको हो ।
त्यस्तै एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, हप्तामा केही दिन वा दिनमा केही घण्टा वा कक्षा सञ्चालन गर्ने पनि निर्देशिकामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कराँची किंग्सका ओपनर बाबर सर्वोत्कृष्ट खेलाडी घोषित
अगिल्लो पोस्ट बसबाट खसेर एक युवकको मृत्यु