२४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज

सेयर गर्नुहोस्
157Shares

मंसिर ३, काठमाण्डौ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।
अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाका कारण अर्घाखाँचीमा थप एकको मृत्यु
अगिल्लो पोस्ट नेकपामा ओलीको छुट्टै प्रतिवेदन पेस हुने