कोरोनाका कारण अर्घाखाँचीमा थप एकको मृत्यु

सेयर गर्नुहोस्
141Shares

मंसिर ३, अर्घाखाँची ।
कोरोनाका कारण अर्घाखाँचीमा थप एकजनाको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नं २ सिख्र घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक पसल गर्दै आएका ३६ बर्षिय प्रेम बहादुर भाटक्षेत्रीको उपचारको क्रममा बुधबार ज्यान गएको हो ।
कार्तिक २४ गते स्वाव संकलन गरि पिसिआर जाँच गर्दा २५ गते कोरोना संक्रमण पुष्टि भएका भाटक्षेत्रीको उपचारको क्रममा बुधबार बिहान १०स्५७ मा मृत्यु भएको भैरहवा मेडिकल कलेजका कोरोना पर्सन डाक्टर सुशील गुरूङले जानकारी दिए । निमोनिया रोगबाट पिडित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक २९ गते थप उपचारको लागि मेडिकल कलेजमा भरना गरिएको थियो । बुधबार ९आजै० मात्र रूपन्देही फर्साटिकटका ६५ बर्षिय पुरूष,कपिलवस्तु तौलिहवाका ७० बर्षिय पुरूष,पाल्पा तानसेनका ५१ बर्षिय महिला र अर्घाखाँची शितगंगा २ का ३६ बर्षिय पुरूष सहित ४ जनाको मृत्यु भैसकेको कोरोना पर्सन डा। गुरूङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।