दोहारो अंकले बढ्यो नेप्से परिसूचक, साढे ४ अर्ब बढीको सेयर कारोबार

सेयर गर्नुहोस्
35Shares

मंसिर ३, ई–साझाकुरा

तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।

दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् ।

सबै भन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।