राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

सेयर गर्नुहोस्
222Shares

मंसिर ३, ई–साझाकुरा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ। प्रधानमन्त्री ओली बुधबार बिहान राष्ट्रपतिसँगको भेटघाटका लागि शीतल निवास पुगेका छन्। उनी मंगलबार राति १० बजेतिर पनि शीतल निवास पुगेका थिए।

नेकपाभित्रको विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग बारम्बार भेट गर्ने गरेका छन्। उनी केही दिनअघि पनि बालुवाटार पुगेका थिए।

नेकपाको सचिवालय बैठक आज  दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। प्रधानमन्त्रीले सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाएर पनि एक घण्टा पछि सारेका छन्।

ओली सचिवालय बैठकमा जान्छन् वा जाँदैनन् भन्ने चासोसाथ हेरिएको छ। गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावले दुई अध्यक्षबीच तिक्तता बढेको र नेकपा फुटको औपचारिका पर्खाइमा रहेको विश्लेषण भइरहेका छन्। ओली निकटका नेताहरुले प्रचण्डको प्रस्तावलाई ‘आरोपत्र’ भनेका छन् र प्रधानमन्त्रीले जवाफ नदिने बताउँदै आएका छन्।

बैठकमा ओली उपस्थित भए पनि नभए पनि सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठक बसेर महत्त्वपूर्ण निर्णय गर्दै अघि बढ्ने योजनामा छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।