दराजले तोड्यो ११.११ सेलका पछिल्ला रेकर्डहरु

सेयर गर्नुहोस्
154Shares

मंसिर ३, ई–साझाकुरा

नेपालको अनलाइन बजार दराजले ११.११ सेलका सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ।११.११ सेल सुरू भएको पहिलो घण्टाभित्र दराजले २.२२ करोडको बिक्री दर्ता गरेको थियो।  जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।

उक्त सेल डेमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो। ७ हजार भन्दा बढी विक्रेताहरूले २८ वटा विभिन्न शहरहरूमा व्यापार गर्न सफल भएको दराजको भनाइ छ।

वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा वृद्धि देखियो। यो पुरै सेलको ४५ प्रतिशत थियो।
दराजका अनुसार यो पटक ११.११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो।

सेलको मुख्य हाइलाइटहरू मध्ये पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो। कोरोना महामारीका कारण बजारमा कम व्यापार भइरहेको छ। तर, ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान भएको दराजले बतायो।

‘यस्ता सेल अभियानहरु साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म हुन्छन्।
ग्राहकहरूले पनि आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू र खरिदकर्ताहरु थिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन गर्न सरकारले बनायो कार्यढाँचा
अगिल्लो पोस्ट राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा