प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद‍्को आकस्मिक बैठक

सेयर गर्नुहोस्
2Shares

मंसिर ३, ई–साझाकुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।

आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएका हुन् । पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।

ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट महोत्तरीमा ट्याङकरले ठक्कर दिँदा एक जनाको मृत्यु
अगिल्लो पोस्ट त्रिभुवन विमानस्थलमा खटिने प्रहरीका लागि बन्यो ७ करोडमा आवासगृह