कपिलवस्तुको मर्यदपुरबाट अवैध औषधी र कपडा बरामद

सुरेश कुमार पांडेय
कपिलवस्तु मंसीर २
कपिलबस्तुको मर्यादपुर नाका र रंगपुर क्षेत्र बाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइदै गरको रु.१ लाख ५० हजार बढि पर्ने औषधी,कपडा र मटरको दाल नियन्त्रणमा लिएको छ ।
बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएका ५ जनाको टोलीले जिल्लाको यशोधरा गाउपालिका ७ बाट अवैध रुपमा भन्सार छली रु १ लाख २५ हजार बराबरको औषधी र रंगपुर क्षेत्र बाट २५ हजार बढीको कपडा र मटर बरामद गरेको हो ।


भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती समानहरु चेक जाँच गर्दा भन्सार छलेर ल्याएकोे हुदा ती सामानहरु सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ ।
कपिलवस्तुका सुरक्षाकर्मीले अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया