तिहारको दिन विपन्नसँग खुसी साटदै तरुण र विद्यार्थी

मंसिर १, कपिलवस्तु
नेपालीहरुको महान चाड तिहारको भाईटिकाको दिन सबै खानपिन नाचगान गरेर रमाईरहँदा नेपाली कांग्रस कपिलवस्तुका तरुण युवाहरु तथा नेविसंघका विद्यार्थीहरुले भने विपन्न परिवारलाई सहयाग गरि दिपावलीको उमंग साटेका छन् । बाणगङ्गा २ बैजलपुर सुकुम्बासीमा बसोबास गरिरहेका अति बिपन्न परिवारलाई खाद्यान्न लत्ताकपडा सहयोग गरि खुसी साटेका हुन ।
बाणगङ्गा २ बैजलपुर निवासी दिनेश थारु परिवारमा आफू मात्र एक्लै बस्दै आइरहेका छन। दिनभरी काम गरि साँझ खान पुग्ने नभए भोकै बस्ने गरेका उनी आज तिहारको दिन तरुण दल र नेविसंघ सम्बद्ध युवा तथा विद्यार्थीहरु गई उनलाई आवस्यक चामल,दाल,नुन तेल,आलु,साबुन,बिस्तारा,सिरक, डसना सिरानी लगायत तिहारको कोशेली स्वरुप कुखुरा तिहारको रोटि लगायतका सामाग्री सहयोग गरेका छन।
तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको अगुवाइमा तरुण दलका क्षेत्रीय सभापति तिलक थापा,लक्ष्मी कुँवर,पवन थापा, सुशील सिंह ठकुरी,सुनिल सिंह ठकुरी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। सो कार्यक्रममा सामाग्रीहरुको सहयोग शिक्षक संघका चन्द्रकान्त पोख्रेल, तरुण दलका जिल्ला सदस्य कृष्ण पराजुली,सुशील सिंह ठकुरी, पवन थापा,नेविसंघका राममणी पौडेल दिनेश छेत्री,हरि पुन लगायतले सहयोग गर्नुभएको थियो।
कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले तिहारमा सबैको अनुहारमा खुसी ल्याउन र आजको यो महान पर्वमा पनि आफुहरुले ती बिपन्न परिवारमा पनि खुसी छाओस भन्दै सहयोग गरेको बताउनुभयो।
नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै तिहार जस्तो पर्वमा पनि आफुहरु मात्र मनाएर बस्न भन्दा पनि बिपन्न परिवारमा खुसी ल्याउन पर्छ भन्दै आजकै दिन उनिहरुको मनमा खुसी ल्याउन आफुहरुले सहयोग गरेको र आर्थिक रुपमा समस्यामा रहेको त्यो परिवारले पनि तिहार मान्न सहयोग होस भनेर आफुहरुले सहयोग गरेको बताउनुभयो।
कार्यक्रममा सहयोग पाईसकेपछी दिनेश थारुले खुसी ब्यक्त गर्दै परिवारमा कोहि नहुँदा यसै त के चाड के खुसी केही नभएको बेला आज यसरी सहयोग गरिरहँदा खुसी ब्यक्त गरेका थिए। आजसम्म आफुलाई कसैले नहेरेको र आज चाडपर्वको दिन यसरी सहयोग गरेको मा तरुण दल र नेविसंघलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो। उहाँको परिवारमा कोहि नभएको र आर्थिक स्थिति पनि नाजुक रहेको एउटा सुत्ने खाट समेत नरहेको साथै खानपनि दिनभरी काम पाए खाने नभए भोकै सुत्ने गरेका छन् । सहयोग पाईसकेपछी उनलाई केही भए पनि राहत मिलेको छ ।

प्रतिक्रिया