२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु

सेयर गर्नुहोस्
0Shares

मंसिर १ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।
सोही अवधीमा १ हजार १९७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ९३४ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । हालसम्म संक्रमित मध्ये १ लाख ७६ हजार ३६४ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रधानमन्त्रीद्वारा बहिनी कौशल्याबाट भाईटिका ग्रहण
अगिल्लो पोस्ट यमपञ्चकको अन्तिम दिन आज भाइटिका लगाउँदै तिहार पर्व मनाईयो , कोरोनाका कारण देउँसी र भैलोको रौनक भने देशभर शुन्य ।।