आईतबार देशभर११६ जना जुवाडे समातिए

सेयर गर्नुहोस्
0Shares

कात्तिक ३० काठमाडौं ।
आज देशभरबाट प्रहरीले जुवातास खेलिरहेका ११६ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका जुवाडेहरूका साथबाट भारी परिमाणमा नगद, कौडा र ताससमेत बरामद गरिएको छ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका(८ तल्लो भंगाल थापागाउँ बस्ने पुष्कर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुश खड्कासहित २४ जना पक्राउ परेका छन्‌। महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख २४ हजार ५०० रुपैयाँ, १६ थान कौडा र ६ बुक ताससहित पक्राउ गरेको हो।

सुर्खेतको पञ्चपुरी नगरपालिका(२ श्रीचौर बस्ने जनक शर्माको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(३ बस्ने ३१ वर्षीय रमेश बोहरा लगायत १५ जनालाई पनि प्रहरीले शनिबार राति पक्राउ गरेको छ। प्रहरी चौकी सालकोट सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २१ हजार ६७० रुपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरेको हो।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका(४ गौरी टोल बस्ने रञ्जन शाहीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका‍(६ बस्ने २७ वर्षीय दिपेन थापा लगायत आठ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख २२ हजार ३४३ रुपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरेको हो।

तनहुँको भानु नगरपालिका(१२ मिर्लुङ कवाचित बस्ने उमेश अधिकारीको कटेजमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ७५ हजार ६३० रुपैयाँ, १६ थान कौडा, दुई वटा चकटी, एउटा त्रिपाल, दुई वटा गुन्द्री, एक वटा काम्लो, एक वटा नाङलो र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको औँठी सहित पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका(४ बस्ने चन्द्र पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय थानेश्वर पौडेल समेत चार जनालाई नगद तीन लाख ४८ हजार ५५ रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ परेका छन्‌। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

उदयपुरको त्रियुगा नगरपालिका(१० करमगाछी बस्ने प्रेम भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(११ बस्ने ४० को मन्दिप राई लगायत नौ जनालाई नगद दुई लाख ४७ हजार ११७ रुपैयाँ र एक बुक ताससहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कञ्चनपुरको बेदकोट नगरपालिका(३ दैजी बजार बस्ने ३२ वर्षीय अर्जुन भण्डारीको भण्डारी सेकुवा सेन्टरको छतमा तास खेलिरहेको अवस्थामा भण्डारी समेत सात जनालाई नगद दुई लाख २२ हजार ४८५ रुपैयाँ नगदसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबार खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ओलीको नेता नेपालसँग छलफल
अगिल्लो पोस्ट ई-सेवा मनी ट्रान्सफर र केएम् ई-रेमिटेन्सबीच सम्झौता