सरकारमा जान नपाएकाहरू पार्टी भित्रै आत्तिए : मुख्यमन्त्री पोखरेल

सेयर गर्नुहोस्
93Shares

कात्तिक ३०, दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शङ्कर पोखरेलले नौनौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको बताउनुभएको छ ।
दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै उहाँले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको पनि उल्लेख गर्नुभयो । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने पोखरेलको दावी पनि रहेको छ ।
सरकार बदल्ने कुरा नागरिक र राष्ट्रको हितमा नभएको बताउँदै उहाँले अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र योजनाबद्ध रूपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ट्रकको ठक्करबाट दाङमा एक महिलाको मृत्यु
अगिल्लो पोस्ट ओलीको नेता नेपालसँग छलफल