ट्रकको ठक्करबाट दाङमा एक महिलाको मृत्यु

सेयर गर्नुहोस्
64Shares

कात्तिक ३० दाङ ।
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना६ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुका कैदिबन्दीहरुलाई पुस्तकालय स्थापना, चियागफको योजनाले लियो मुर्त रुप
अगिल्लो पोस्ट सरकारमा जान नपाएकाहरू पार्टी भित्रै आत्तिए : मुख्यमन्त्री पोखरेल