डिस्चार्ज भए अस्पतालबाट हाँस्य कलाकार गजुरेल

सेयर गर्नुहोस्
2Shares

संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका हुन् ।

गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन् । उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सावधान ! गुगल सर्चमा झुक्किएर पनि नखोज्नुहोस् यस्ता कुरा
अगिल्लो पोस्ट पुजारी हत्या आरोपमा नवलपरासीबाट भारतीय नागरिक पक्राउ