कात्तिक २९ कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको जगदिशपुरबाट ९ जना जुवाडेहरुलाई पक्राउ गरको छ । शुक्रबार राती कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर बाट जुवातास खेलिरहेका ९ जना सहित उनीहरुको साथबाट नगद रु. ५१ हजार ७४ रुपैँया बरामद गरेको छ । एक गोप्य सूचनाका आधरमा पुगको प्रहरी टोलीले जुवाको खालबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिएको छ । पछिल्लो समय ईलाका प्रहरी कार्यालय पिपराले जुवातासका खाल चल्ने स्थानहरुलाई बढी निगरानीमा राखेको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।