लिभरपुलका स्टार खेलाडी मोहम्मदलाई कोरोना

सेयर गर्नुहोस्
31Shares

कार्तिक २९, ई–साझाकुरा

 लिभरपुलका स्टार खेलाडी मोहम्मद साहल कोरोना भाइरसबाट संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका सालहमा संक्रमण पुष्टि भएको हो ।

इजिप्टको फुटबल एसोसिएसन (इएफए) ले शुक्रबार वक्तव्य जारी गरेर २८ वर्षका साहलमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ । उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो ।

इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन । इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ । सालह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउँदा दुई खेल गुमाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ‘स्मार्ट लाइसेन्स’का लागि १४ लाख कार्ड खरिद गर्दै
अगिल्लो पोस्ट पाकिस्तानी सेनाको आक्रमणबाट ११ जना भारतीयकाे मृत्यु