थप २ हजार १११ जनामा कोरोना सङ्क्रमण

सेयर गर्नुहोस्
199Shares

कात्तिक २८, काठमाण्डौ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ । शुक्रबार थप दुई हजार एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६८ हजार एक सय २९ पुगेको छ ।
अब नेपालमा ३७ हजार २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गुल्मीमा देउसीभैलो खेल्न नपाईने
अगिल्लो पोस्ट अवैध रुपमा भित्रिएका पटाका कपिलवस्तुमा बरामद