शर्मा भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो अख्तियारको जवाफ

सेयर गर्नुहोस्
27Shares

कार्तिक २८, ई–साझाकुरा

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियारको जवाफ समेत मागेको छ ।

अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो ।

तीन वर्षअघि अख्तियारले शर्माविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

नागरिक दैनिकमा  खबर छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गयो
अगिल्लो पोस्ट ललितपुरको बालकुमारीमा भीषण आगलागी