यूएईमा कानुन संशोधन : अविवाहित जोडी एकसाथ बस्न पाउने

सेयर गर्नुहोस्
93Shares

कात्तिक २८, काठमाण्डौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् ।

यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ ।

यूएईले केही हप्ता पहिला इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पर्यटन प्रबद्र्धनका लागी विश्व साइकल यात्री शाह तिलौराकोट दरवारमा
अगिल्लो पोस्ट तिहारको दोस्रो दिन आज काग तिहार