नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न समिति गठन

सेयर गर्नुहोस्
110Shares

कात्तिक २७, काठमाण्डौ ।
सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमै रासायनिक मल स्थापनाको लागि तीन जना मन्त्री रहेको समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

अर्थमन्त्री संयोजक रहने समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकासमन्त्री सदस्य रहेका छन् । समितिले नेपालमा कारखानाको सम्भाव्यता, लगानीको मोडल र कारखानासँग सम्बन्धित सबै विषयको अध्ययन गरेर रिपोर्ट पेस गर्नेछ ।

रिपोर्टका आधारमा मल कारखानाको प्रक्रिया तुरुन्तै अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २४ घण्टामा २ हजार ३४९ जना कोरोना जितेर डिस्चार्ज
अगिल्लो पोस्ट बेरोजगारलाई रोजगारी, मन्त्रालयले पठायो ३ अर्ब अनुदान