२४ घण्टामा २ हजार ३४९ जना कोरोना जितेर डिस्चार्ज

सेयर गर्नुहोस्
2Shares

कात्तिक २७, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । बिहीबार थप एक हजार नौ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको छ ।अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ७४ ना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वाणगंगा साहित्यिक प्रतिष्ठानद्धारा लक्ष्मीजयन्तीको अवसरमा कविता बाचन
अगिल्लो पोस्ट नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न समिति गठन