गोली हानी एक युवतीको हत्या

सेयर गर्नुहोस्
165Shares

कार्तिक २७, ई–साझाकुरा

रौतहटमा फेरि एक युवतीको हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ निवासी १८ वर्षिया युवती अनिता कुमारी साहको गोली हानी हत्या भएको हो ।

उनलाई गएराती ११ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक साहका अनुसार युवतीको टाउकोमा गोली लागेको छ । हाल सो स्थानमा प्रहरीको टोली पुगेर घटनास्थल सिल गरिसकेकाे छ भने थप अनुसन्धान गरिरहेको छ ।  युवतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक
अगिल्लो पोस्ट वाणगंगा साहित्यिक प्रतिष्ठानद्धारा लक्ष्मीजयन्तीको अवसरमा कविता बाचन