तिहार र छठपछि कडा निषेधाज्ञा

सेयर गर्नुहोस्
55Shares

कार्तिक २७, ई–साझाकुरा

काठमाडौं उपत्यकामा तिहार र छठपछि कडा निषेधाज्ञा गर्न कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उपत्यका मेयर फोरमले आग्रह गरेको छ।उपत्यकामा कोरोना संक्रमण बढिरहेकोबारे सीसीएमसी र उपत्यका मेयर फोरमबीच बुधबार छलफल भएको छ। सो छलफलमा काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दरलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको बताइएको छ।

तिहार र छठ सकिने वितिकै संक्रमण दर नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएकोछ। अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव बनाउने भएको छ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेल अर्काे वर्ष हुने
अगिल्लो पोस्ट ‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’ : प्रधानमन्त्री ओली